जनताको जलविद्युत् कार्यक्रम कार्यविधि संशोधनको तयारी

14.3k Shares

काठमाडौं– सरकारले जनताको जलविद्युत् कार्यक्रम (व्यवस्थापन र सञ्चालन) कार्यविधि २०७५ दोस्रोपटक संशोधनको तयारी गरेको हो।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उक्त कार्यविधिको दोस्रो संशोधन गर्दै विपन्न नागरिकका लागि विना धितो सहुलियत दरमा कर्जाको व्यवस्था समेत गरेको हो ।

कार्यविधि संशोधनको बारेमा ऊर्जामन्त्री दीपक खड्काले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । उनका अनुसार,मुलुकभरका विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युतको शेयर सुनिश्चित गर्न उक्त व्यवस्था गर्न लागेको हो ।

 ‘जनताको जलविद्युत कार्यक्रम’को दोस्रो संशोधन गर्दै गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर दुई लाखदेखि अधिकतम पाँच लाखसम्म विना धितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरिएको हो ।

प्राकृतिक स्रोत माथिको अधिकार सवै नागरिकमा समान हुने भएकाले आर्थिक हिसावले विपन्न रहेका नागरिकलाई समेट्ने गरी जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागीता र स्वामित्व कायम गरी आन्तरिक पुँजी बजारको माध्यामबाट नेपाली नागरिकलाई जलविद्युत आयोजना गर्ने उदेश्यले शेयर लगानी गर्ने र त्यसको प्रतिफल जनताले सुनिश्चित गर्ने व्यवस्था गरिएको हो ।

सम्बन्धित समाचार