रविको बयान लम्बियो, भोलि मात्रै सकिने

11.2k Shares

काठमाडौँ -  रवि लामिछानेको बयान आज पनि सकिएन । सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान दिइरहेका उनको बयान अझै लम्बिने भएको छ । 

कार्यालयका प्रमख वकिल सन्देश श्रेष्ठका अनुसार रविको बयान भोलि मात्रै सकिने छ । बयान सकेर उनलाई भोलि नै पोखरा पठाउने तयारी भइरहेको जनाइएको छ ।

रविले यसअघि गत शुक्रबार पनि बयान दिएका थिए । त्यसपछि थाँती रहेका प्रश्नहरूको सामना रविले आज गरेका हुन् ।

सहकारी ठगी मुद्दामा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रविलाई अहिले ललितपुरको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धमा सोधपुछ भइरहेको हो ।

सम्बन्धित समाचार