10.3k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको जनमत आफ्नो पार्टीको पक्षमा भएको जिकिर गरेका छन् । यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्ने उनको भनाइ छ ।
मेयर र वडाका उम्मेदवारहरुको घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । उम्मेदवारको कारण र पार्टी पनि एकढिक्का भएकाले विजयको आधार बनेको बताउँदै प्रचण्डले भने, ‘अन्य राजनीतिक दलसँग पनि मेरो लगातार कुरा भइरहेको छ । त्यसकारण यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ ।’