ललितपुर । ललितपुर धापाखेल निवासी भरत महर्जनले समाजसेवामा पु¥याएको योगदानका कारण पछिल्लो समय समाजसेवीको रुपमा महर्जन चिर—परिचित हुनुहुन्छ ।
सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेडको अध्यक्षता गरिरहनुभएका महर्जनले सत्रौं साधारणसभादेखि सम्पूर्ण जिम्मेवारी अध्यक्ष हेमराज दाहाललगायत संचालक समितिलाई सम्पूर्ण दायित्व बहन गर्ने गरी जिम्मेवारी दिनुभएको थियो ।
सुमेरु ग्रुप सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभको स्थापना कालदेखि नै अनवरत रुपमा कार्य गर्दै संस्थापक अध्यक्षको रुपमा यस सहकारीप्रति पूर्ण जिम्मेवारीका साथ बहन गरी सहकारीलाई ललितपुरकै ठूलो सहकारीको रुपमा परिचय दिन सफल हुनुभएको थियो भरत महर्जन ।
समय परिस्थिति अनुसार नेतृत्व विकास एवम् हस्तान्तरण प्रक्रिया सामान्यतया एक प्राकृतिक प्रक्रिया नै हो भन्ने विचारलाई आत्मसाथ गरी २०७५ सालको साधारणसभाबाट सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभ लि।को अध्यक्ष पदबाट राजीनामा दिई सोही साधारणसभाबाट सम्पूर्ण जिम्मेवारी अध्यक्ष दाहालको कार्यसमितिलाई सुम्पिनु भएको थियो । महर्जनले नयाँ कार्यसमितिलाई सम्पूर्ण जिम्मेवारी सुम्पिएको पाँच वर्षभन्दा बढी समय भइसकेको छ ।
सहकारीको अध्यक्षता छाडेपछि महर्जनले विशुद्धरुपमा समाजसेवामा आफ्नो दैनिकी बिताउँदै आइरहनुभएको छ । उहाँको मुल मर्म नै ‘सेवा नै धर्म हो, मन बचन र कर्मले सेवा गरौं’ भन्ने भावनाले ओतप्रोत भई लागिरहनुभएको छ ।
परोपकारी सोच र पुण्य कार्यमा सदा अगाडि बढ्ने उद्देश्यका साथ महर्जनले सामाजिक, धार्मिक, शिक्षा, आर्थिकलगायत थुप्रै क्षेत्रमा गरेका पुण्य कार्यका कारण पनि अहिले महर्जनको नाम समाजसेवीको रुपमा परिचित भइसकेको छ ।
महर्जनले आफूले अध्ययन गरेको श्रीकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षता गरी विद्यालयको स्तरउन्नती गर्नुका साथै नमुना सामुदायिक विद्यालय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
