16.1k
Shares
काठमाडौं– सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर नदीले बगाएको छ । दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चारवटा टिप्पर र दुईवटा एक्साभेटर नदीको बीच भागमा फसेका थिए ।
सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । आयोजना निर्माणका लागि प्रयोग गरिएका ती सवारीसाधनमा केही चालक र मजदुर पनि फसेका छन् । तर, उनीहरू कति संख्यामा छन् भन्ने खुलेको छैन ।