नक्कली परिचय पत्र बनाउनेलाई पक्राउ गर्ने असई र हवल्दारमा देखियो कोरोना

17.1k Shares

काठमाडौं, भदौ २६ । गत भदौ २२ गते नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ परेकाहरुबाट प्रहरीमा कोरोना सरेको भेटिएको छ ।
नक्कली प्रेस कार्ड र स्वास्थ्यकर्मीको कार्ड बनाएर पाँच सय रुपैयाँमा बेच्ने गरेको आरोपमा बागबजारस्थित कालिका प्रिन्टिङका कर्मचारी र ग्राहकलाई प्रहरीले पक्राउ गरेको थियो । तिनीहरुबाटै पक्राउ गर्न गएका प्रहरीमा कोरोना भाइरस सरको प्रहरीको भनाई छ ।
अहिले अपराध महाशाखा एक जना प्रहरी सहायक निरिक्षक र प्रहरी हवल्दारमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना सार्ने स्रोत आरोपी नै भएको भेटिएको छ ।
प्रहरीले भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासीका रमेश रेग्मीलाई पक्राउ गरेको थियो ।
 

सम्बन्धित समाचार