बनेपामा ट्राफिक सई चन्द्रको आतंक

19.9k Shares

काठमाडौं । काभ्रे जिल्लाको व्यापारिक केन्द्रको रुपमा रहेको बनेपामा ट्राफिक प्रहरीका सई चन्द्र श्रेष्ठले पछिल्लो समय आतंक नै मच्चाएको समाचार प्राप्त भएको छ ।
सई चन्द्र श्रेष्ठले राजधानी भित्रने छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्चीबाट आउने रोडा, बालुवा, गिट्टी लोड भएको ट्रिपरहरुबाट मासिक लाखौैं रुपैयाँ आफ्नो हाकिमलाई समेत गुमराहमा पारी कुम्ल्याउँदै आइरहेको बुझिन आएका छ ।
सई चन्द्रले राजधानी भित्रने ट्रिपर मात्र नभई बनेपा क्षेत्रमा रहेका हार्डवेर, बालुवा, रोडा, गिट्टी डिपोबाट मुखै खोलेर हाकिमको आदेश छ, जसरी पनि हप्ते बुझाउनुपर्छ भन्दै व्यवसायीहरुलाई दबाबै दिएको एक व्यवसायीले नाम नछाप्ने सर्तमा खोजतलासलाई बताए । 
हार्डवेयर व्यवसायीले आल्मुनियम, रडजस्ता निर्माणका सामाग्री ल्याउँदा गाडीको ढालाबाट बाहिरसम्म आएको भन्दै व्यापारीसँग प्रत्येक टिपका दरले मासिक असुल्ने गरेकोसमेत ती व्यापारीले खोजतलाससँग गुनासो पोखेका छन् । 
सई चन्द्रले बनेपा ट्राफिक प्रमुख इन्स्पेक्टर प्रमिला श्रेष्ठलाई समेत नेटेरी आफूखुसी ट्राफिक चेकिङको नाममा सर्वसाधारणका साथै स्थानीयवासी तथा व्यापारीहरुलाई दैनिक त्रसित पार्दै आइरहेको स्थानीयको गुनासो छ । स्रोतका अनुसार सई चन्द्रले बनेपा आसपासमा कति हार्डवेयर पसल छ, कसले कति व्यापार गर्छ, र आफूलाई कति मासिक उपलब्ध हुन्छ भन्नेमा बिहानदेखि बेलुकासम्म ट्रिपर तथा मालबाहक गाडी गन्दैमा फुर्सद छैन । 
यत्तिमात्र नभई बनेपा क्षेत्रमा खुलेका रेष्टुरेन्ट, होटलबाट मासिक असुल्ने गरेको पाइएको छ । सई श्रेष्ठले रेष्टुरेन्टमा मापसे गर्न आएका ग्राहकहरुलाई चेकिङबाट बचाउन रेष्टुरेन्ट होटलका मालिकलाई अग्रिम फोनबाट चेकिङको जानकारीसमेत गराउँदै आइरहेको स्रोतले दावी गरेको छ । सई श्रेष्ठले आफूभन्दा माथिल्लो तहका हाकिमलाई समेत गुमराहमा राखी बनेपा क्षेत्रमा आतंकै मच्चाएको र ट्राफिक प्रहरीको बदनामीसमेत गराउँदै आएकोमा उनकै नजिकका साथीहरु पनि उनीसँग असन्तुष्ट रहेको एक ट्राफिक प्रहरी जवानले फोनमार्फत खोजतलासलाई जानकारी गराए । 

सम्बन्धित समाचार