२,३७० संक्रमित थपिए, थप १८ जनाको मृत्यु

16.9k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ३७० जना संक्रमित थपिएका छन् । ११ हजार ५८४ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया नौ हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार १३३ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

सम्बन्धित समाचार