लोकगायक एलपी जोशीको निधन

16.1k Shares

काठमाडौं-लोकगायक एलपी जोशीको निधन भएको छ । ८८ वर्षीय गायक जोशीको बिर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा बिहीबार झापामा निधन भएको हो ।

बिहीबार साँझ खाना खाएपछि अकस्मात् बेहोस भएका जोशीलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । 

गायक जोशीका रिटिङ रिटिङ नबजाउ बिनायो, कान्छी मट्याङमट्याङ् र खिपीमा खिपी बिनायो बाजाजस्ता गीतहरू चर्चित छन् । जोशीको शुक्रबार ११ बजे झापाको कन्काई माईमा दाहसंस्कार गरिने जनाइएको छ

सम्बन्धित समाचार