वीलभयु फाउन्डेसनद्धारा चन्द्रागिरी पार्कमा वृहत् सरसफाई कार्यक्रम सम्पन्न (फिचरसहित)

15.2k Shares

काठमाडौं । अन्तर्राष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा चन्द्रागिरी टिकटक पार्कमा मर्मत–सम्भार तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आइतबारको दिनपारी आमाको प्रेम सारा संसारमा वातावरण संरक्षण तथा पारिस्थितिक प्रणाली पुर्नस्थापनाको लागि ‘आमाको बैगौँचा प्रोजेक्ट’ आयोजना गरिएको थियो । दुई वर्षअघि चन्द्रागिरी वडा नं. ६ स्थित टिकटक सेल्फी पार्कमा करीब २०० वटा बिरुवा रोपेर ‘मम्स गार्डेन’ को शुरुवात गरिएको थियो । 
चन्द्रागिरीमा रहेको उक्त पार्कमा खानेपानी व्यवस्थापन तथा क्षेत्र सरसफाइ स्वदेश तथा विदेशमा विश्व वातावरणलाई दिगो पार्न प्रयत्नरत अन्तर्राष्ट्रिय विलभयु फाउन्डेसनकी अध्यक्ष जाङ गिलजाको नेतृत्वमा यस परियोजनाले वृक्षारोपणद्वारा, भूमण्डलीय उष्मीकरणको मुख्य कारक रहेको हरितगृह ग्याँसहरूलाई न्यूनीकरण गर्ने विलभयुको वातावरण संरक्षण सम्बन्धि कार्यक्रम हो । 
२०० जना विलभयुका सदस्यहरूले मम्स गार्डेनमा रहेका रूख बिरुवालाई निषेचन र काटछाँट गर्नुभएको थियो । सदस्यहरुले झारपात बटुल्ने लगायत पार्कभित्रको १ किलोमिटर क्षेत्रका सबै फोहोरहरू सङ्कलन गर्नुभएको थियो । विलभयुले रेखदेख गरेको मम्स गार्डेन झनझन हराभरा हुँदैगएको छ भने वरपरको क्षेत्र पनि सफा भएको छ । वातावरण सरसफाइद्वारा सङ्कलित प्लास्टिक र डिस्पोजेबल सामान, पोलिथिन आदि विभिन्न किसिमका फोहोरहरु १ टन संकलन गरिएको थियोे । 
कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्जय सिग्देल, चन्द्रागिरी पार्कका अध्यक्ष विनय सिग्देल, चन्द्रागिरी टिकटक पार्कका समिति सदस्य राम प्रसाद सुवेदी लगायत समाजका अन्य बुद्धिजीविहरु अतिथीका रुपमा उपस्थित हुनुहुन्थ्यो । बिहान ७ बजेदेखि सुरु गरिएको उक्त कार्यक्रम २ घण्टासम्म जारी रहेको थियो ।

7.jpg9.jpg5.jpg4.jpg3.jpg2.jpg6.jpg8.jpg

सम्बन्धित समाचार