राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

16.3k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडललाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास  जाने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जान लागेको एक नेताले बताए । 

‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सहमतिको सरकार लगायत विषयमा राष्ट्रपतिलाई  जानकारी  दिन प्रधानमन्त्री जाँदै हुनुहुन्छ’, ती नेताले भने । पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिने र संसदबाट विश्वासको मतको सामना गर्ने बताएका थिए ।

 
 
 
 
सम्बन्धित समाचार