18.4k
Shares
मस्को । रुसको उत्तरी ककेससस्थित दागिस्तानमा आइतबार हतियारसहितका व्यक्तिले दुई चर्च, यहुदीको उपासनास्थल सिनेगंग र एक प्रहरी पोस्टमा आक्रमण गरेका छन् । हमलामा १५ प्रहरी, चर्चका एक पादरी र एक सुरक्षा गार्ड मारिएका छन् । ६ आक्रमणकारी पनि मारिएका बताइएको छ ।
रुसी प्रहरीले आक्रमणको जाँच सुरु गरेको छ । अरू आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।
हतियारधारी समूहले मखाचकाला र डर्बेट सहरलाई आफ्नो निसाना बनाएको थियो । उक्त क्षेत्रमा सदियौँदेखि चल्दै आएको पर्व मनाइँदै थियो । आक्रमणकारीको पहिचान हुन नसकेको जनाइएको छ ।