15k
Shares
काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।