वाणिज्य बैंकका तत्कालीन म्यानेजर चौधरी भ्रष्टाचारी ठहर, १० महिना कैद सजाय

15.6k Shares

काठमाडौँ- विशेष अदालत काठमाडौँले राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरी सहित ४ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई आइतबार भ्रष्टाचारी ठहर हुने फैसला सुनाएको हो।

विशेषले तीन वटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर चौधरी सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीन वटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीले सहयोग गरेको अख्तियारको आरोप पत्रमा दाबी गरिएको थियो। 

विशेषले बैंकका म्यानेजर चौधरीलाई १० महिना कैद र ४० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। त्यस्तै ठेकेदारहरू माधवप्रसाद भण्डारी,अर्जुनबहादुर बुढाथोकी र पुन्नबहादुर शाहीलाई पाँच महिना कैद र २० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। 

सम्बन्धित समाचार