काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस

15.6k Shares

काठमाडौं । देशका धेरै स्थानमा आइतबार तापक्रम बढेको छ । विशेष गरी तराई क्षेत्रमा तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४२.९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार (हिजो) धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।

महाशाखाले आइतबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस थियो ।

आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, घोराहीको ३९.३, भैरहवाको ३८.२, जनकपुरको ३८.०, सिमराको अधिकतम तापक्रम ३७.७ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, घोराहीको ३७.७, भैरहवाको ३८.२, जनकपुरको ३७.८, सिमराको अधिकतम तापक्रम ३७.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सम्बन्धित समाचार