'सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्नू' - सर्वोच्च

17.7k Shares

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश दिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्ने कार्य सम्पन गर्न भनेको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ऐ. को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त नगरेमा संविधानतः ऐ। उपधारा (३) बमोजिमको सरकार गठन हुने हुँदा सोही बमोजिम गर्नु भनी प्रस्तुत आदेश प्राप्त भएको ४८ घण्टा भित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मुख्यमन्त्री नियुक्तिको कार्य सम्पन्न गर्नु भनी प्रत्यर्थी गण्डकी प्रदेशका प्रदेश प्रमुख समेतका नाउँमा परमादेशको आदेश जारी गरिदिएको छ,' आदेशमा भनिएको छ ।

पाण्डेले मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र विश्वासको मत संविधान र कानुनविपरीत भएको दाबी गरेरे सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिटलाई सदर गर्दै सर्वोच्चले ६० प्रदेशसभा सदस्यमा ३० जनालाई नै बहुमत मानेर लिएको विश्वासको मत संविधान विपरीत ठहर गरेको हो । 

सम्बन्धित समाचार