बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

15.4k Shares

बाँके–  बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका(५ बस्ने ३६ वर्षीय अशोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१  गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ । 

सम्बन्धित समाचार