उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

14k Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । पार्टी कार्यालयमा अहिले बैठक बोलाएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । भोलिदेखि केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसको तयारीका लागि यो बैठक बोलाइएको उनले बताए ।

जसपा नेपालले पार्टी विभाजन बारेमा सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ । त्यस विषयमा पनि छलफल हुने बताइएको छ । जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा अर्को नयाँ पार्टी जसपा गठन भएको छ ।  

सम्बन्धित समाचार