कल्याणद्वारा गोनपा मेयर महर्जनलाई तीन लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

19k Shares

ललितपुर । डोली इन्टरमेड इन्टरनेशनल युएसएका नेपाली प्रतिनिधि कल्याण सिलवालले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई एक कार्यक्रमका विच झण्डै तीन लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
सो सामाग्र वितरण कार्यक्रम गोदावरी नगर नगरपालिका प्रवक्ता वडा नम्बर ५ वडा अध्यक्ष मिलन सिल्वालको समन्वयमा भएको थियो ।
सो स्वास्थ सामाग्री गोदावारी नगरपालिका भित्र पर्ने महिला स्वयम् सेविकाहरुका लागि बितरण गरिएको प्रवक्ता सिलवालले बताए । स्वास्थ सामाग्रीहरु जरो नाप्ने थर्मल गण, अक्सिमिटर, सेनिटाईजर मास्क, फेससेल ग्लोब्सलगायत गरी झण्डै ३ लाख बराबरको  स्वास्थ सामाग्री बितरण गरिएको थियो । युवा समाजसेवी कल्याण सिल्वालले चापागाउँको बज्रबाराही अस्पताल, लेले प्राथमिक स्वास्थ केन्द्र, देबिचौर हेल्थपोस्टलगायत थुप्रै स्वास्थ संस्थाहरुमा स्वास्थ सामाग्री बितरण गरिसकेका छन् । स्वास्थ सामाग्री बितरण कार्यक्रममा नेपाली कांग्रेस युवा नेता केन्द्रिय खेलकुद बिभाग सचिब मीन कृष्ण महर्जन, उप मेयर मुना अधिकारी, गोदावरी नगरपालिका प्रवक्ता वडा अध्यक्ष मिलन सिल्वाल, नेपाली कांग्रेस गोदावरी नगर सभापति सुरज श्रेष्ठलगायतको उपस्तिथि रहेको थियो । डोली इन्टरमेड इन्टरनेशनल युएसएका प्रतिनिधि कल्याण सिल्वालसँग यस्ता पुण्य कार्य गराउनका लागि युवानेता महर्जन र गोदावारी नगरपालिका प्रवक्ता सिल्वालले समन्वय गर्दै आई रहेका छन् । स्मरणीय छ, २०७२ सालमा गएको विनासकारी भुकम्पका बेला पनि सिलवालले धेरै नै यस्ता पुण्य कार्य गरेका थिए ।

सम्बन्धित समाचार