15.5k
Shares
काठमाडौं– आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।
शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो।
पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरे।
उनले परिवर्तनको घण्टी बजिसकेको बताउँदै इलामले परिवर्तन खोजेको दाबी गरे।