पदम नारायणले पाए न्याय, तरुण विभागको केन्द्रीय सदस्यमा मनोनित

18.8k Shares

काठमाडौं । लामो समय नेपाली कांग्रेसमा लागेर पनि कुनै अवसर नपाएका ललितपुरका पदम नारायण तिमल्सिनाले नेपाली कांग्रेसको महत्वपूर्ण विभागका रुपमा रहेका तरुण विभागको केन्द्रीय सदस्यमा मनोनित भई बल्ल न्याय पाएका छन् ।
तिमल्सिना प्रजातन्त्रा लागि २०४६ सालको दोस्रो जनआन्दोलन सक्रियरुपमा आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला आन्दोलनकै क्रममा ललितपुरबाट प्रहरीले पक्राउ समेत गरेको थियो । पक्राउ पश्चात् नेपालमा बहुदल घोषण भएपछि तिमल्सिनालाई रिहा गरेको थियो । त्यस्तै तिमल्सिनालाई २०६४ सालको पहिलो संबिधान सभा निर्बाचनमा तत्कालीन माओवादीले निर्बाचनको अघिल्लो दिन राती कालेश्वमा बन्धक समेत बनाएको थियो । त्यसपछि बल्ल मतदान सकेको बेलुकी छोडेको थियो । तिमल्सिनाले शाही सरकारको समयमा २०६१÷६२ को तेस्रो लोकतान्त्रिक आन्दोलनमा तत्कालीन युबराजधिराज पारस वीर बिक्रम साहदेब ललितपुर सुन्धारामा सवारी हँुदा तिमल्सिनाले कालो झन्डा समेत देखाएका थिए ।
उक्त आन्दोलनको तत्कालीन तरुण दल केन्द्रिय सदस्य उपत्यका युवा परिचालन संयोजक मीन कृष्ण महर्जनको नेतृत्वमा गरिएको थियो । तिमल्सिना ललितपुर जिल्लाको साहसिक निडर हक्की स्वभाबका नेताको रुपमा परिचित मानिन्छ । तिमल्सिना ललितपुर क्षेत्र नम्बर १ का लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । २०७० सालको दोस्रो संबिधान सभा निर्बाचनमा नेपाली कांग्रेस उम्मेदवारी बिजय गराउन तिमल्सिनाको महत्वपूर्ण भुमिका रहेको चुनाबी कमान्डर मीन कृष्ण महर्जनले खोजतलासलाई बताए ।

सम्बन्धित समाचार