17k
Shares
काठमाडौं- काठमाडौंका केही क्षेत्रमा आइतबार विद्युत आपूर्ति बन्द हुने भएको छ। लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि आज ४ घण्टा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।
यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ प्राधिकरणले जनाएको छ।