पाकिस्तानको चुनावी नतिजालाई लिएर विरोध प्रदर्शन, ‘एक्स’को सेवा प्रभावित

16.4k Shares

काठमाडौँ ।  पाकिस्तानमा चुनावी नतिजामा धाँधली भएको भन्दै केही दलहरूले विरोध प्रदर्शन गरिरहेका छन् । यसैबिच देशभरमा सामाजिक सञ्जाल मञ्च ‘एक्स’मा समस्या आइरहेको छ । सर्वसाधारणहरूलाई एक्सको प्रयोगमा समस्या भइरहेको बताइएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार यो सामाजिक सञ्जाल नखुलेको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ ।

पाकिस्तानभर विरोध प्रदर्शन र अराजकताबिच प्रयोगकर्ताहरूलाई एक्सको प्रयोग र पहुँचमा समस्या भइरहेको इन्टरनेट बन्दमाथि निगरानी गर्ने संस्था नेटब्लक्सले पनि पुष्टि गरेको छ । रावलपिंडीका आयुक्त लियाकत अली चट्टाले निर्वाचनमा कथित धाँधली भएको स्वीकार गर्दै मुख्य निर्वाचन आयुक्त र पाकिस्तानका प्रधानन्यायाधीशलाई दोष लगाएका थिए । यस्तोमा एक्सको सेवा प्रवाहमा समस्या भइरहेको छ । यसपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार