साफ यु–१९ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग खेल्ने

17.5k Shares

काठमाडौँ– साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ ।

खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

शीर्ष दुईमा रहेर फाइनल खेल्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पराजित वा बराबरी भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । घरेलु टोली बंगलादेश भने फाइनलमा पुगिसकेको छ ।

सम्बन्धित समाचार