पार्टीलाई समाप्त पार्ने कोही 'माइकलाल' धर्तीमा जन्मिएको छैन : अध्यक्ष नेपाल

16.9k Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई समाप्त पार्ने कोसिस भइरहेको बताएका छन् ।

केन्द्रीय परिषद्को सोमबारको बैठकमा उनले पार्टी गठन गर्दा वैधानिकता दिन सकिन्छ कि सकिँदैन भन्नेमा निश्चिन्त हुन नसेकको अवस्थाबाट अघि बढेको सुनाए । उनले पार्टीलाई समाप्त पार्ने 'माइकलाल' धर्तीमा नजन्मिएको पनि जिकिर गरे । 

“होसियारपूर्वक ती कदम नचालेको भए हाम्रो पार्टीलाई सडकमा फालिदिने थिए । अहिले पनि कोसिस भइरहेको छ, यो पार्टीको अस्तित्वलाई समाप्त पारिदिने,” उनले भने, “तर, यस धर्तीमा समाप्त पार्ने कुनै माइकलाल जन्मिएको छैन ।” 

सम्बन्धित समाचार