कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन म लागिरहेको छु: मन्त्री किराती

17.4k Shares

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन्।शनिवार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरे। उनले निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए।आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको उनकाे दावी छ।

मन्त्री किरातीले निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले बिस्तारै निगम माथि उठ्दै गएको अनुभूति भएको बताए।नेपाल वायुसेवा निगमको सिनामंगलस्थित आफ्नै जग्गामा कार्यालयको शिलान्यास भएको हो।

सम्बन्धित समाचार