राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटलाई लिएर कांग्रेसमा विवाद, ४ सिट पाउनुपर्ने अडान राखेर शेखर बैठकबाट बाहिरिए

17.7k Shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटलाई लिएर नेपाली कांग्रेसमा विवाद देखिएको छ । उमेदवार चयनका लागि आइतबार साँझ सानेपामा बसेको बैठकबाट असन्तुष्टि जनाएर शेखर कोइराला बाहिरिएपछि नेताहरू छलफलमा जुटेका छन् । अहिले दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

शेखर निकट महानमन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, अर्जुननरसिंह केसीसहितका नेताहरू पार्टी कार्यालयमै छलफलमा जुटेका छन् ।

संसदीय बोर्डका सदस्य नरहे पनि कोइरालालाई देउवाले बोलाएर छलफल गरेका थिए। बैठकबाट निस्किएपछि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफू बोर्डको सदस्य नरहेको र केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेकाले निस्किएको प्रतिक्रिया दिए।

सभापति शेरबहादर देउवा निकट नेताहरूले पनि छलफल गरिरहेका छन् ।

सम्बन्धित समाचार