प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा

16.6k Shares

काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ । 

मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको कम्पनीले जनाएको छ । 

हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्विस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वाधिक लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेष रुपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित भएको जनाइएको छ ।

सम्बन्धित समाचार