प्रभु महालक्ष्मी इन्स्योरेन्सले जारी गर्यो १७ प्रतिशत हकप्रद सेयर

15.9k Shares

काठमाडौँ - प्रभु महालक्ष्मी इन्स्योरेन्सले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल बीमा प्राधिकरणले तोकेको पाँच अर्ब चुक्ता पुँजी पुर्याउन ७० करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद निष्कासनको लागि प्राधिकरणसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुग्नेछ । 

सम्बन्धित समाचार