16.5k
Shares
काठमाडाैँ । भारतले निर्यात प्रतिबन्ध लगाएपछि बजारमा अभाव देखिएको प्याज उत्तरी नाकाहरुबाट आयात हुन थालेको छ ।
केही दिन हाहाकार नै मच्चिएको प्याज अहिले पनि प्रति किलो दुई सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । चिनियाँ प्याज आयात हुन थालेसँगै अब प्याजको भाउ घट्दै जाने अपेक्षा गरिएको छ । केरुङबाट एक सय टन प्याज बोकेका गाडी नेपाल आउँदै गरेको व्यवसायीहरुले जनाएका छन् ।
आन्तरिक माग धान्न कठिन भएको भन्दै भारतले डिसेम्बरको दोस्रो सातादेखि सन् २०२४ को मार्चको अन्त्यसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।