हिमालयन रिइन्स्योरेन्सको आईपीओमा माग जतिको आवेदन नपरेपछि समय थप

18.1k Shares

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओमा माग गरिए जति आवेदन नपरेपछि समय थप भएको छ । मंसिर २७ गतेदेखि आईपीओ निष्कासन गरेको यस कम्पनीले पुस १ गतेसम्म छिटो अवधिका लागि आवेदन मिति तोकेको थियो ।

यसअघि आईपीओ निष्कासन गरेकै पहिलो दिन नै मागभन्दा बढी आवेदन पर्ने गरेको थियो । तर, यो कम्पनीको आईपीओमा चार दिनमा माग गरेको जति पनि आवेदन परेन । पुस ११ गतेसम्म आवेदन दिन सकिने बताएको छ । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार आइतबार बिहान १० बजेसम्म दुई करोड ३४ लाख ८३ हजार ९८० कित्ता आईपीओका लागि १२ लाख ८० हजार ५१८ जना आवेदकले आवेदन दिएका छन् । 

अब १४ लाख १६ हजार २० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ । 

सम्बन्धित समाचार