कुशलको शतकमा पुलिसको विजयी सुरुवात

18.1k Shares

काठमाडाैँ । नेपाल पुलिस क्लबले केपी ओली कपमा विजयी सुरुवात गरेको छ। समूह ‘सी’ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा ओपनर कुशल भुर्तेलले प्रतियोगिताकै पहिलो शतक प्रहार गरेपछि पुलिसले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।पोखरा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। उसका लागि कुशल भुर्तेलले ५७ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०२ रनको शतकीय इनिङ खेले।

त्यस्तै, सुनिल धमलाले ४५ रन बनाउँदा करण केसीले १६ रन बनाएका थिए। मधेशका लागि विशाल पटेल र विशाल सुस्लीङले समान २–२ विकेट लिँदा रुपेश सिंहले १ विकेट लिएका हुन्।

१ सय ७६ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८.२ ओभरमा अलआउट हुँदै १ सय १८ रनमा समेटियो। उसका लागि रुपेश सिंहले ४० रन बनाउँदा इमरान शेखले २२ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा रोहन विके र राकेश कामतले समान १०–१० रन बनाए।

सम्बन्धित समाचार