क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलको संसदीय सुनुवाइ जारी

17.4k Shares

काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरत पौड्यालको संसदीय सुनुवाइ भएको छ।आइतबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूत पौड्यालमाथि सुनुवाइ भएको हो। सुनुवाइ जारी छ।

यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो। पौडेलविरुद्ध परेका उजुरीमाथि आज समितिमा सुनुवाइ भएको हो।

परराष्ट्र सचिवसमेत रहेका उनलाई सरकारले क्यानडाका लागि राजदूतमा सिफारिस गरेको थियो। संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ।

सम्बन्धित समाचार