मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

16.4k Shares

पोखरा । पोखरा ५ मालेपाटनमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु  भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक थरबत थापा घाइते छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

 
सम्बन्धित समाचार