18.1k
Shares
काठमाडौं । गुन्डानाइके समीरमान सिंह बस्न्यातमाथि कारागारभित्र निगरानी बढाइएको छ । गोली हानी निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा दोषी ठहर उनी जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।
०७४ असोज २३ गते गौचनको हत्या गरिएको थियो । सोही वर्ष मंसिरमा उनी पक्राउ परेका थिए । गएको असारमा मात्र काठमाडौं जिल्ला अदालतबाट उनीसहित काले भनिने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको थियो ।
बस्न्यात गौचन हत्याका मुख्य योजनाकार हुन् । राना सुटर हुन् । जन्मकैदको फैसलापछि बस्न्यात समूहले जेलभित्रबाट अवैध धन्दा चलाउन सक्ने भन्दै कारागार प्रशासनले निगरानी बढाएको स्रोतको भनाइ ।