काठमाडौँ । भारतले आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना सुरु गरेको छ । भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो । आज भएको उद्घाटनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् । आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन् । अघिल्लो समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । यो समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३ गते अर्थमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । साथै कार्यक्रममा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, ऊर्जा मन्त्रीहरूको पनि सम्बोधन रहने बताइएको छ ।
जी–२० को अध्यक्षता अवधिभर भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दो बल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको बताइएको छ ।