रुपन्देहीमा बस  दुर्घटना हुँदा २० जना घाइते

16.9k Shares

बुटवल । काठमाडौँबाट दाङ आउँदै गरेको  यात्रुवाहक बस गएराति  रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर ८ भलुहीमा दुर्घटना हुँदा  २० जना घाइते भएका छन् । 

घाइते भएकाहरू  मध्ये  धेरै जसो अहिले डिस्चार्ज भए पनि गम्भीर घाइते भएका  दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ । 

बा प्र ०३–००१ नम्बरको बस गए राति  १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको  थिए । घाइतेहरू मध्ये  २ जना गम्भीर , ५ जना मध्यम र अरू १३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार