रत्नपार्कको शान्ति वाटिकामा २० औँ काग सम्मेलन

14.6k Shares

काठमाडौँ । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ ।  तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान कलाकार रमेश दुलालले कागको स्वर निकालेर काग बोलाएर एकै ठाउँमा जम्मा पारेर २० औँ काग सम्मेलन गरिएको हो ।

 दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । 

सम्बन्धित समाचार