बारामा प्राधानाध्यपकमाथि गोली प्रहार

16.6k Shares

कलैया । बारामा प्राधानाध्यपकमाथि गोली प्रहार भएको छ ।  बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको छ ।   २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेकाे हो ।  

घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ । गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ । 

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार