सुमेरु अस्पतालमा  मृगौलाको सम्पूर्ण  उपचार उपलब्ध छ

20.4k Shares

० मृगौला रोग कस्तो खाले रोग हो ?
मृगौला रोगको विषयमा हामीले बुझ्नकाको लागि पहिला मृगौलाको काम के हो भन्ने बुझ्नु जरुरी छ । मृगौलाका काम भनेको रगतलाई फिल्टर गरेको फोहोरलाई पिसावको रुपमा बाहिर फाल्ने, शरीरमा भएको एसिडको मात्रा मिलाउने, शरीरमा भएका नुन, सोडियम, पोटासियम, क्याल्सियम जस्ताको मात्रा मिलाउने, रगत उत्पादनका लागि चाहिने एरिर्थोपोइटिन नामक हर्मन उत्पादन गरिदिने । भिटामिन डीलाई एक्टीभेटिभ गरिदिने, ब्लड प्रेसर मिलाउनका लागि रेनिन नामक हर्मनहरु बनाई दिने । विशेष गरीयसको काम चाहिँ रगत छानेर फोहोर फाल्ने, ब्लड प्रेसर मिलाउने, रगत बनाउन सहयोग गर्ने, एसिडको मात्रा मिलाउने सामान्य कामहरु यिनै हुन् । मृगौलामा समस्या देखेपछि मृगौलाले गर्ने कामहरु रगत छानेर फोहोर फाल्ने, ब्लड प्रेसर मिलाउने, रगतको मात्रा मिलाउने, एसिडको मात्रा मिलाउने आदिमा समस्या देखिन थाल्छ । मृगौला रोगको सबैभन्दा नराम्रो पक्ष भनेको चाहिँ मृगौला ७०÷८० प्रतिशतसम्म बिग्रिसकेको अवस्थामा पनि मृगौला बिग्रेको कुनै लक्षणहरु देखिँदैन र मानिसले आफूलाई स्वस्थ नै ठानिरहेको हुन्छ । त्यसैले हामीहरुले समय—समयमा मृगौलाको चेकजाँच गरिरहनुपर्छ भन्ने सल्लाह दिने गर्छौं । विशेष गरी मृगौलाको रोग सुगर भएकाहरुलाई, प्रेसर भएका विरामीलाई, बंशमा हिँड्ने सिस्टीक डिजिजहरु विरामीलाई विभिन्न पेन किलरहरुले, बाथ रोगले विशेष गरी लुपस नामक बाथ रोगले योङ महिलाहरुलाई धेरै दुःख दिएको पाइरहेका छौं । अलि उमेर भएका मानिसहरुलाई चाहिँ क्यान्सरको कारणले र हामी जस्ता अल्प विकसित देशमा चाहिँ मृगौलामा हुने ढुंगाको कारणले पनि मृगौलामा समस्या आउन सक्छ । तर मृगौलामा मात्र लाग्ने रोग प्राईमेरी ग्लोमेरुलोनेफ्रिटीज जसको कारण हामीले पत्ता लगाउन सकिरहेका छैनौं त्यसले पनि सानो उमेरदेखि ठूलो उमेरका मान्छेहरुलाई प्रभावित पारिरहेको पाइन्छ ।

० मृगौला खराब हुनुको कारणहरु के होला ?
सुगर लागेका विरामीको सुगर कन्ट्रोल नहुनु, प्रेसर भएका विरामीको प्रेसर कन्ट्रोल नहुनु यस्तो अवस्थामा चाहिँ विस्तारै मृगौला विग्रेर जाने सम्भावना हुन्छ । त्यस्तै, विभिन्न किसिमका इन्फेक्सनहरु जस्तै, हेपाटाइटिस बी हेपाटाइटिस सीको इन्फेक्सन, एचआईभी इन्फेक्सन, मुटु रोगी, मुटुको बाथ रोग लागेको मानिसहरुमा इन्फेक्टीभ इन्फेक्टीभ इन्डोकारडीटिज भन्ने इन्फेक्सनलगायत साधारणतया इन्फेक्सनले पनि मृगौलामा समस्या आउन सक्ने सम्भावना हुन्छ । यस्ता विरामीहरुले नदुख्ने औषधीहरु पेन किलर खाइदिँदा जस्तै निम्स, ब्रुफिम, फ्लेक्जन यस्तो औषधीहरुलाई एनेस्सेट्स ल्क्ब्क्ष्म्क् भन्छौं यस्ता औषधीहरुले पनि मृगौलालाई सिधै असर गर्ने सम्भावना हुन्छ । पत्थरीको कारणले हुने चाहिँ पत्थरीले पिसाव वग्ने ठाउँ रोकिदिन्छ, त्यसपछि मृगौलालाई प्रेसर बढ्ने गर्छ, त्यसले पनि विस्तारै विस्तारै मृगौलालाई असर गर्न सक्छ । पोलिसिस्टिक काइन्ड्ली डिजिज, क्रोनिक ग्लोमेरुलोनेफ्रिटीज, विभिन्न क्यान्सर जस्तो मल्टीपल माइलोमा, बाध रोग जस्तो लुपुजहरु पनि मृगौला खराब गराउने मुख्य कारणहरु हुन् । 

० मृगौला रोग पुख्यौली हुन्छ कि हुँदैन ?
कुनै कुनै मृगौलाका रोगीहरु चयन जबचग चाहिँ बंशानुगत पनि हुन्छ । जस्तै सुगरले बिरामीको मृगौलो विग्रिएको छ भने छोरामा पनि सुगर भई मृगौला विगार्ने सम्भावना धेरै हुन्छ । परिवारमा यस्तो समस्या छ भने आफूलाई पनि यस्तो समस्या हुने सम्भावना बढी हुन्छ । विशेष गरी पानी फोका हुने रोग त्यसलाई सिक्स्टीज डिजिज भन्छौ त्यो चाहिँ परिवारमा हिँड्ने, अर्को चाहिँ अल्पोर्ट सिन्ड्रोम भन्ने हुन्छ त्यसले चाहिँ विरामीले कान कम सुन्ने, आँखामा समस्या हुने र मृगौलामा समस्या हुने त्यस्तो विरामी पनि परिवार (वंश)मा हिड्ने सम्भावना बढी हुन्छ । कुनै—कुनै ग्लोमेरुलोनेफ्रिट्सहरु जस्तो एफएसजीएस, आईजीए नेफ्रोपाथीहरु पनि बंशमा हिँडेको पाइन्छ । 

० दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेका विरामीको उपचार विधि चाहिँ के हो त ?
मृगौलामा समस्या देखेपछि हामीले त्यसलाई विभिन्न स्टेजमा बाँड्छौं, स्टेज पाँच भनेको चाहिँ दुबै मृगौलाले एकदमै कम काम गरेको र विरामीले स्वस्थरुपमा जीवनयापन गर्ने नसक्ने अवस्थालाई भन्छौं । यस्तो स्टेजमा पुगेका विरामीहरुलाई उपचार विधि भनेको दुईवटा मात्र अप्सन हुन्छ । एउटा भनेको डायलासिस सेवा र अर्को मृगौला प्रत्यारोपण । मृगौला प्रत्यारोपण नै एक मात्र उपचार विधि हो भनेर हामी भन्छौं । डायलासिसले मृगौलाले गर्नुपर्ने एउटा मात्र काम गर्छ त्योकाम भनेको रगत छान्ने काम हो । त्यो बाहेक मृगौलाले बनाउने भिटामिन, रगत बढाउने, प्रेसर मिलाउने यी काम डायलासिसले गर्न सक्दैन । सामान्य हिसावले डायलासिस दुई प्रकारका हुन्छन् । रगतबाट गर्ने डायलासिसलाई हामी हिमो डायलासिस भन्छौं । अर्को चाहिँ पेटमा पानी हालेर गर्ने विधि हुन्छ त्यसलाई चाहिँ हामी पेरिटोनियल डायलासिस भन्छौं । डायलासिस र प्रत्यारोपणलाई दाँज्ने हो भने ट्रान्स्प्लान्टलाई आर्थिक हिसावले पनि राम्रो जब स्वास्थको हिसावले पनि सबैभन्दा राम्रो । स्टेज पाँचमा पुगेका मृगौलाका रोगीहरुलाई सकेसम्म मृगौला प्रत्यारोपण गर्न हामी सल्लाह दिन्छौं । त्यो भन्दा माथिका विरामीहरुलाई स्टेज एक र दुईका विरामीहरुमा सिम्टम केही पनि हुँदैन, उनीहरुको अन्डरलाइन रोग जस्तै सुगरले मृगौला छोएको छ भने सुगर कन्ट्रोल गर्ने, प्रेशर कन्ट्रोल गर्ने, धुम्रपान नगर्ने, एक्सरसाइज गर्ने, मृगौलालाई असर गर्ने अन्य औषधीहरु नखाने, बेला—बेलामा मृगौलाको चेकजाँच गर्ने नै मृगौला रोग नियन्त्रणको विधि हो । जब मृगौलाका रोगी स्टेज ४ मा पुग्छ त्यसपछि हामी डायलासिस र प्रत्यारोपणको तयारी गर्छौं ।  

० मृगौलामा पत्थरी कसरी हुन्छ ?
मृगौलाले रगतलाई फिल्टर गरेर विभिन्न रुपमा फोहोर तत्व, नुनको तत्व फाल्नै पर्छ । पत्थरी भन्नाले धेरै जसो केसमा क्याल्सियमका सल्टहरु हुन् । कि त क्याल्सियम अग्जालेट भन्ने सल्ट बन्छ कि त क्याल्सियम फोसफेट भन्ने सल्ट बन्छ । अरु पत्थरी बन्ने भनेको चाहिँ युरिक एसिडको पत्थरी भन्ने हुन्छ । यी सबै कुरा मृगौलाबाट छानिएर जानुपर्ने हुन्छ । छानिँदाखेरि कुनै कुनै ठाउँमा चाहिँ यस्ता पत्थरीका कणहरु सुरु सुरुमा बस्छ, कस्ता मान्छेहरुमा बस्छ भनेदेखि जेनेटेकल्ली प्रिभिस्पोज छन्, जिनमै उनीहरुको ढुंगा बन्ने सम्भावना बढी भएर आउँछ । त्यस्ता मान्छेले पानी कम खाइदिँदा खेरी र मृगौलामा अन्य समस्या भइदिँदा खेरी सुरुमा बालुवाको कणजस्तो बनिरहेको हुन्छ ती थपिँदै थपिँदै गएर ठूलो ढुंगाको आकार लिन्छ ।

० मृगौला बिग्रिएको लक्षणहरु कसरी थाहा पाउने ?
कुनै समस्या नभएका जस्तै सुगर, प्रेसर र परिवारमा मृगौला रोगी नभएको अवस्थामा ७०—८० प्रतिशत मृगौला बिग्रिसकेको अवस्थामा पनि मृगौलाको समस्या नदेखिन सक्छ । त्यस्ता मानिसले सामान्य मानिसको सरह आफ्नो दैनिक जीवनयापन गरिरहेका हुन्छन् । तर, जो मानिसलाई सुगर, प्रेसर छ त्यस्ता मानिसले आफूलाई केही लक्षण नभए पनि बेला—बेलामा चेकजाँच गराइरहेको हुन्छ । त्यस्ता मानिसले पहिला नै मृगौलाको अवस्था पत्ता लगाउन सक्छन् । तर, सामान्य सुगर प्रेसर नभएका मानिसले चेकजाँच गराउन गएको हुँदैन त्यस्ता मानिसको मृगौला बिग्रिएको लक्षण आएर चेक गराउँदा ढिला भइसकेको हुन्छ र धेरै जस्तोमा स्टेज ४—५ मा पत्ता लाग्छ । त्यसैले कम्तिमा पनि सामान्य स्वस्थ मानिसले पनि मृगौलाको चेकजाँच सकेसम्म वर्षको एकचोटी र नभए दुई वर्षको एकचोटी भए पनि चेकजाँच गराउन अत्यावश्यक हुन्छ । यसो गरेमा मृगौलामा भएको समस्याको उपचार विधिबाट नै ठिक पार्न सकिन्छ । मृगौला रोगको लक्षणहरु भनेको पिसावमा फिज धेरै हुने, पिसावमा रगत वा कालो सिसाजस्तो वा दुधजस्तो सेतो हुने, शरीरमा इनर्जी नहुने, थकान महसुस हुने, सास फेर्न गारो हुने, खुट्टा र शरीर सोयलिङ हुने, खोकी लाग्ने, ब्लड प्रेसर बढ्ने, खान मन नलाग्ने, जोर्नीहरु दुख्ने, खकारमा रगत देखिने, आँखा कम्जोर हुने । 

० मृगौला रोगीका लागि सहजरुपमा डायलासिस गर्ने वातावरण छ कि छैन ?
डायलासिसको हिसावले एक दशक अगाडिलाई हेर्ने हो भने चब हामी जस्तै संसारका अन्य इकोनोमिक स्टाटस भएका देशहरुलाई हेर्ने हो भने नेपालमा यो सुविधा धेरै नै सहज र सुलभ तरिकाले मेजर सिटीहरु काठमाडौं पोखरा, भरतपुर, नेपालगंज, धनगढी, पूर्वमा विराटनगर, धरानलगायत स्थानमा उपलब्ध छ । नेपाल सरकारले सबै डायलासिस गर्ने मान्छेलाई निशुल्करुपमा डायलासिस गर्छु भनेर आउनेहरुलाई सहयोग पनि गरिरहेको छ यस्तो सुविधा संसारमा कही पनि छैन । तै पनि हाम्रो भुगोलले गर्दाखेरि पहाडी जिल्लाहरुमा यसको ठूलो समस्या छ । सोही कारणले पनि पहाडी भेगका मानिसहरु तराई झर्नुपर्ने अथवा गाउँबाट सहर आउनुपर्ने बाध्यता एकदमै धेरै छ । देशमा मृगौलाका डाक्टरहरु (नेफ्रोलोजी) सिमित मात्रामा मात्र उपलब्ध भएको र उहाँहरु धेरै मात्रामा काठमाडौं र मेजर सिटीहरुमा मात्रै भएको हुनाले मृगौलाका रोगीहरु गाउँबाट सहर आउनुपर्ने बाध्यता छ ।

० नेपालमा पछिल्लो समय मृगौला ट्रान्स्प्लान्टको अवस्था के छ ?
अहिलेसम्म काठमाडौं उपत्यका र चितवनको एउटा मेडिकल कलेजमा मात्रै किड्नी ट्रान्स्प्लान्ट गर्ने काम गरिएको छ त्यो भन्दा अन्यमा भएको छैन । छोटो समयमानै नेपाली डाक्टरहरुले नेफ्रोलोजिस्ट र युरोलोजिस्ट मृगौला ट्रान्स्प्लान्टलाई नियमित र सफल प्रोग्रामको रुपमा स्थापित गर्न सकेको छ । अहिले नेपालमा लिभिङ डोनर प्रोग्राम रहेको र भविष्यमा छिट्टै तल्लोस्तरमा प्रोग्राम पनि चलाउने डाक्टरहरुको र नेपाल सरकारको पनि प्लान छ ।


० सुमेरु अस्पतालले अहिलेसम्म कतिजटा किड्नी ट्रान्स्प्लान्ट गरेको छ ?
सुमेरु अस्पतालले कोभिड आउनुभन्दा अगाडि पाँच वटा किड्नी ट्रान्स्प्लान्ट सफलरुपमा गरिसकेको छ भने केही दिन अगाडि मात्र एक जना भाइलाई उनको आमाबाट झिकिएको किड्नी ट्रान्स्प्लान्ट सफलरुपमा गरेको छ ।

० प्रत्यारोपण गरेको किड्नीको आयु कति हुन्छ ?
जिवित मानिसबाट गरिएको मृगौला प्रत्यारोपको सामान्यतया आयु भनेको १५ देखि २० वर्षसम्म हुन्छ । मृगौला ट्रान्स्प्लान्ट गरेकाहरुको आयु वर्षौसम्म पनि भएको पाइएको छ । 

० मृगौला रोग कुन वर्षसमूहमा बढी हुन्छ ?
यसमा विदेशी डाटा हेर्नुभयो भने अलि एजेट मानिसहरु ५० देखि माथि कटेका धेरै मानिसहरुमा पाइन्छ । किनकी उनीहरुको सुगर र प्रेसरकै कारण मृगौला बिग्रिएको हुन्छ । हाम्रो देशको अनुपातलाई हेर्ने हो भने सुगर, प्रेसर भएका ५० वर्षदेखि माथिका नै धेरै छन् । मृगौलामा मात्रै लाग्ने रोग ग्लुमेरुल नेफ्राइटिसले लाग्ने रोगहरु र बाथ रोग, लुपस भन्ने रोगले विगार्ने २० देखि ४० वर्षको उमेरमा एकदमै धेरै मात्रामा देखियो । जन्मजात पिसाव सम्बन्धी समस्या हुनेहरुलाई पनि मृगौला बिग्रिएको पाइएको छ ।

० पिसाव इन्फेक्सनको कारण पनि मृगौलालाई असर गर्छ ?
लामो समयसम्म पिसावको इन्फेक्सन भयो, दोहोरिएर फेरि पनि इन्फेक्सन भयो भने मृगौलामा दाग बस्ने सम्भावना बढी हुन्छ । त्यस्ता दागहरुले कालान्तरमा मृगौला बिगार्ने सम्भावना बढी हुन्छ ।

० मृगौला स्वस्थ राख्न कस्तो जीवनशैली अप्नाउनुपर्ने हुन्छ ?
मृगौलालाई स्वस्थ राख्न हामीले खानपिनमा विशेष ध्यान दिनुप¥यो । सफा पानी दिनमा दुई देखि तिन लिटर पिउनुप¥यो, धुम्रपान गर्नुभएन, सुगर छ भने सुगरलाई कन्ट्रोलमा राख्नुप¥यो । प्रेसर छ भने प्रेसरलाई पनि न्ट्रोलमा
राख्नुप¥यो । जथाभावी रुपमा डाक्टरको सल्लाह बेगर पेन किलरहरु खानु भएन । दैनिक व्यायामहरु गर्नुप¥यो, मध्यपान गर्नुभएन, तौललाई कन्ट्रोलमा राख्नुप¥यो यति गरेपछि मृगौला रोग लाग्ने सम्भावना ज्यादै कम हुन्छ ।

० पछिल्लो समय सुमेरु अस्पताललाई मृगौला विशेष अस्पतालको रुपमा लिइन्छ, यो अस्पतालमा मृगौलासम्बन्धी चाहिने सुविधाहरु प्रयाप्तरुपमा उपलब्ध छ ? 
वास्तवमा तपाईंले ठिक सुन्नुभयो । सुमेरु अस्पतालमा मृगौला रोगसम्बन्धी विशेषज्ञको ठूलो टिम छ । सुमेरु अस्पतालमा डायलासिस सर्भिसको लागि  पर्याप्तरुपमा मेसिनहरु, स्पेस पनि भएको र हामीसँग ल्याब फ्यासिलिटी पनि भएकोले मृगौलाको समस्याले गाह्रो भएका विरामीलाई पनि हामीले भर्ना गराएर उपचार गर्ने फ्यासिलिटीहरु पनि छन् । यतिको मेशिन अन्य सेन्टरहरुमा नभएको हुँदाखेरी विरामीको चाप सुमेरुमा धेरै छ र मुख्य कुरा मृगौलाको सामान्य जाँचपड्तालदेखि लिएर ट्रान्स्प्लान्टसम्मको सुविधा सुमेरु अस्पतालमा छ । किड्नीको जिरोदेखि हन्ड्रेडसम्म उपचार गरिने भएका कारणले पनि सुमेरु अस्पताललाई किड्नी अस्पतालको रुपमा परिचित छ ।

० मृगौला ट्रान्स्प्लान्टको योजनाहरु के—के छन् ?
कुनै पनि मृगौला रोगीले ट्रान्स्प्लान्ट गर्न चाहेको खण्डमा हामीले जहिले पनि गर्न सक्ने अवस्थामा छौं । केहि दिन अगाडि मात्रै एक जनाको सफल किड्नी ट्रान्स्प्लान्ट गरिसकेका छौं । यो कार्यलाई हामी निरन्तरता दिँदै जानेछौं । हामीले मृगौला रोग सम्बन्धी कसरी बच्ने, के गर्दा मृगौला रोगबाट बच्न सकिन्छ र मृगौला बचाउ अभियान नै डा. ऋषि कुमार काफ्लेको नेतृत्वमा हामीहरुले गर्दै आइरहेका छौं । काठमाडौं  हानगरपालिकाको समन्वयमा काठमाडौं महानगरपालिकाका सबै वडाहरुमा निशुल्क रुपमा मृगौला बचाउ अभियान चलाएका छौं ।

० मृगौला प्रत्यारोपण पनि कस्ता—कस्ता जोखिमहरु आउन सक्छन् ?
मृगौला प्रत्यारोपण पनि एक किसिमको उपचार हो, यसमा पनि केही न केही जोखिम मोल्नुपर्ने हुन्छ । मृगौला प्रत्यारोपण पछि जिन्दगीभर दुई—चारवटा औषधीहरु बाँचुन्जेल खानुपर्ने हुन्छ । त्यो खाने औषधीले शरीरको इम्युनिटी डाउन गर्ने औषधी हुन् । त्यसको उद्देश्य भनेको के हो विरामीको शरीरले फेरेको मृगौलालाई नचिनोस्, चिन्यो भने बिगार्ने सम्भावना बढी हुन्छ । त्यसैले शरीरको पावर घटाउने औषधी चलाउँछौं त्यसरी औषधी चलाउँदा शरीरमा इन्फेक्सन भएर अरु समस्याहरु आउन सक्छन् । अर्को कुरा औषधी स्वयम्ले नभएको सुगर बढाउने, प्रेसर बढाउने सम्भावनाहरु पनि हुन्छ । मृगौला प्रत्यारोपण गरेको लामो समयपछि कहिलेकाहिँ विभिन्न किसिमका क्यान्सरहरु हुने सम्भावना हुन्छ ।
 

सम्बन्धित समाचार