चौथो बिर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताका लागि समिति गठन

21k Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्क्सिङ संघको संयुक्त आयोजनामा चापागाउँको प्याङगाउँमा सञ्चालन हुन लागेको चौथो वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चैत २६, २७ र २८ गते हुने भएको छ ।
सो प्रतियोगिता भव्य र सभ्य बनाउनका लागि विभिन्न समिति गठन गरिएको छ । प्रतियोगिताको आर्थिक कमिटीको संयोजकमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिव राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, सहसंयोजकमा विनोद महर्जन, सचिवमा मथुरा शर्मा रहेका छन् ।
अनुगमन समितिको संयोजकमा विक्रमबहादुर श्रेष्ठ, सहसंयोजकमा मोहन मल्ल, सचिवमा दिनेश घोरासाइने रहेका छन् । सुरक्षा समितिको संयोजकमा दयाराम महर्जन, सहसंयोजकमा सुरेन्द्र कपाली, सचिवमा मनोज डंगोल रहेका छन् । समारोह समितिको संयोजकमा सुरज श्रेष्ठ, सहसंयोजकमा पुरुषोत्तम घिमिरे, सचिवमा दिपक घिमिरे रहेका छन् ।
व्यवस्थापन समितिको संयोजकमा सागर चित्रकार, सहसंयोजकमा सुनन्द महर्जन ‘श्याम’, सचिवमा मदन महर्जन रहेका छन् । अतिथि सत्कार समितिको संयोजकमा रविकुमार सिलवाल, सहसंयोजकमा द्वारिका श्रेष्ठ, सचिवमा सरोज मेहेर कायस्थ रहेका छन् ।
रेफ्री कमिटीको संयोजकमा राजेन्द्र कपाली, सहसंयोजकमा महेश रंजित, सचिवमा दिपक श्रेष्ठ रहेका छन् । प्रचारप्रसार समितिको संयोजकमा राजु बस्नेत, सहसंयोजकमा केदार नाथ दाहाल, सचिवमा रमेशप्रसाद घिमिरे रहेका प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले बताए ।
प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने र पुरस्कार वितरण नेपाली कांग्रेस महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले गर्ने ललितपुर किक बक्सिङ संघ अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जनले बताएका छन् ।
चैत्र २६, २७ र २८ गते ३ दिन चल्ने सो प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराँते तेक्वान्दो उसु बक्सिङ मुआई थाई फुल कन्ट्याक्ट कराँते आईटीएफ किक बक्सिङ र रेज क्लब लगायत खेलाडीले सहभागिता जनाउने प्रतियोगिता सहसंयोजक ध्र्रुब खनालले जानकारी गराएका छन्
 ।

सम्बन्धित समाचार