ट्राइयाथलन टोली चीन प्रस्थान

19.1k Shares

काठमाडौँ । चीनको हाङ्गझाउमा आयोजना भइरहेको १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ । नेपाली टोलीमा टिम व्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु रहेका छन् ।

ट्राईयाथलनमा नेपालले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र वसन्तले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।

सम्बन्धित समाचार