राष्ट्रिय महिला खुल्ला तेक्वान्दोको उपाधि स्यूचाटारलाई

17.3k Shares

काठमाडौं । तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगितामा काठमाडौंको स्यूचाटार तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
चैत १२, १३ र १४ गते सुर्खेतमा आयोजना गरेको सो तेक्वान्दो प्रतियोगितामा गेरुगी ३ सय २३ जना र पुम्से विधामा ८१ जना गरी सातै प्रदेशबाट ४ सय ४ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगितामा स्यूचाटार तेक्वान्दो डोजाङ काठमाडौं टिम प्रथम, सुपर स्टार तेक्वान्दो डोजाङ कोहलपुर द्वितीय र  जुगेडा तेक्वान्दो डोजाङ तृतीय भएको थियो । 
सो प्रतियोगितामा सिनियर उत्कृष्ट खेलाडी निलिमा मल्ल सुपर स्टार काहोलपुर र  जुनियर उत्कृष्ट खेलाडी स्यूचाटार तेक्वान्दो डोजाङकी मोनिका रमतेल बन्न सफल भएकी थिइन् । 
सो प्रतियोगिताको उद्घाटन कर्णाली मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले गरेका थिए भने विशेष अतिथिमा कर्णाली प्रदेशकै सामाजिक विकास मन्त्री दलबहादुर रावल रहेका थिए । प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले गरेका थिए भने तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिताको संयोजक नन्दा बस्यालले गरेकी थिइन् । 

सम्बन्धित समाचार