प्रचण्ड पुनरावलोकनको निवेदन लिएर सर्वोच्च जाँदै 

19.4k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फैसलाको पुनरावलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने भएका छन् ।
उनी आज सर्वोच्च अदालत जाने तयारी गरेको स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बनाएको थियो । मुक्ति प्रधानका अनुसार आजै सर्वोच्च अदालत जाने कुरा भएको छ ।
“हामी सकेसम्म आजै जाने तयारीमा छौँ,” प्रधानले भने, “आजै पुनरवलोकनका लागि जान्छौँ तर समय कतिबेला भन्ने तय भइसकेको छैन ।” नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि न्यायिक पुनरवलोकनमा जाने जानकारी गराए । उनले ११ बजे कानुन व्यवसायीका साथमा सर्वोच्च जाने तयारी भएको बताए ।

सम्बन्धित समाचार