काठमाडौं । नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदुत पार्क चोङ सुक (Park Chong Suk) लाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।
संघकै ललितपुर सातदोबाटो स्थित केन्द्रिय एकेडेमी भवनमा आयोजना गरिएको स्वागत कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले राजदुत सुकलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल र दक्षिण कोरिया बिचको सम्बन्ध अझै घनिष्ठ हुने र नेपालको तेक्वान्दो खेलमा समेत राजदुत सुकको प्रयाप्त सहयोग र मार्गदर्शन प्राप्त हुने बिश्वास ब्यक्त गरेका थिए ।
नेपाल तेक्वान्दो संघका केन्द्रिय, प्रदेश र जिल्ला संघका पदाधिकारीहरु लागायत राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकहरुको उल्लेख्य उपस्तिथि रहेको उक्त स्वागत कार्यक्रममा मन्तव्य राख्दै राजदुत सुकले नेपालमा तेक्वान्दो खेलले प्राप्त गरेको सफलता र लोकप्रियताप्रति खुशी व्यक्त गरेका थिए भने १३ औं दक्षिण एशियाली खेलमा नेपालको तेक्वान्दो खेलले प्राप्त गरेको उपलब्धी प्रति खुशी व्यक्र गर्दै आगामी टोकियो ओलम्पिकका लागि शुभकामना ब्यक्त गरेका थिए । उक्त स्वागत कार्यक्रममा नेपाल तेक्वान्दो संघको तेक्वान्दो प्रदर्शन टिमले तेक्वान्दो खेलको रोमाञ्चक प्रदर्शन प्रस्तुत गरेको थियो ।