सुन बरामद प्रकरण: २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

17.8k Shares

काठमाडौं।  काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सरकारी वकिलको कार्यालयले आज अभियोजन दर्ता गराएको छ ।

जिल्ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो । जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ब्रेक सू मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन  गत साउन ३ गते समातिएको थियो ।

सम्बन्धित समाचार