स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसेमा भव्य तीज कार्यक्रम

18.1k Shares

सिन्धुपाल्चोक, ३० भदौ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आथित्यतामा सिन्धुपाल्चोकको बाह्रबिसेमा भव्य तीज कार्यक्रम सम्पन्न भएको छ। बाह्रबिसे नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न भएको तीजमा हजारौं महिलाहरुले तीजको गीतमा नाचेर मनोरन्जन गरेका थिए। 

कार्यक्रममा राष्ट्रिय कलाकारहरु जितु नेपाल, बबिता बानिया (जेरी), दिजराज पौडेल लगाएको प्रस्तुतिले पनि तीज मनाउन भेला भएका महिलाहरुले थप मनोरन्जन लिएका थिए। 

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको पुर्व सन्ध्यामा आयोजना गरिएको तीज विशेष कार्यक्रममा तीजको शुभकामना व्यक्त गर्दै सस्कृतिको संरक्षण र विकासमा सबैको हातेमालो हुनु पर्ने बताए। मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्होलेको चार महिनाको छोटो समयमा स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरिसकेको जानकारी गराउदै अवको ६ महिनाभित्र सर्वसाधारणले प्रत्यक्ष महशुस हुने गरि काम गरेर देखाउने दावी गरे।

पैसाको अभावमा कुनै पनि नेपालीले उपचार नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न लागिपरेको बताउँदै मन्त्री बस्नेतले भने, ‘ त्यसको जिम्मा स्वास्थ्य मन्त्रीका हैसियतले मैले लिन्छु। तपाईहरुको उपचारको जिम्मा म लिन्छु। ’ विपन्नको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न केन्द्रिय अस्पतालमा साडे ३ हजार शैया निशुल्क गराएको जानकारी गराउदै विपन्नका लागि निजी अस्पतालहरुमा समेत १० प्रतिसत शैया निशुल्क गर्नै पनि नियम कडाईका साथ लागु गराएको बताए। कक्षा १२ सम्मको शिक्षा निशुल्क हुनु पर्छ भन्ने अभियानमा आफु लागेको र त्यसमा सबै पालिकाहरुले साथ दिनु पर्नेमा बस्नेतको जोड थियो। आफु गत निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ बाट बिजयी भएको भए पनि क्षेत्र नम्बर १ का जनतासँगको सुख दुखमा पनि उत्तिकै साथ रहेको मन्त्री बस्नेतले बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले राजनीतिमा महिलाको प्रतिनिधित्व बढ्दै जानु खुशीको कुरा भएको बताउदै महिलाको सम्मान गर्ने संस्कारको पनि विकास हुनु आवश्यक रहेकोमा जोड दिइन्। उनले अर्काको कुरा काट्ने र महिलाको अपमान गर्ने संस्कारले समाजको विकास संभव नभएको बताइन्। 

सम्बन्धित समाचार