सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल (फोटोफिचर)

16.8k Shares

काठमाडौं, १३ भदौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतकोसमितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको छ । 


छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खान, कानून, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी र महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह सहभागी थिए । 


छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित भएनन् ।  
 

newskarkahna-news5658510..jpg

newskarkahna-news5658511..jpgnewskarkahna-news5658515..jpg

newskarkahna-news5658517..jpg

newskarkahna-news565852..jpg

newskarkahna-news565853..jpg

newskarkahna-news565857..jpg

newskarkahna-news565854..jpg

सम्बन्धित समाचार