ग्राण्ड एकेडेमीको 'बार्षिक गायन प्रतियोगीता-२०८०' भव्यताकासाथ सम्पन्न

25.3k Shares

ललितपुर । ग्राण्ड एकेडेमीको बार्षिक 'गायन प्रतियोगीता २०८०' भव्यताका साथ सम्पन्न भएको छ । गायन प्रतियोगीता कार्यक्रमलाई सदाझैँ यसपालिपनि ग्राण्ड एकेडेमीले निरन्तरता दिएको हो । भाद्र २४ गते आइतबार स्कूलकै प्राणङ्गमा आयोजना गरिएको उक्त कार्यक्रममा स्कूलका विद्यार्थीहरुले गायनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रतियोगीहरुमा सुनरी सुवेदी, सुब्बा थापा, सरीना बज्राचार्य, जूलियान केसी, प्रार्थना श्रेष्ठ, प्रवेश घले सहभागी थिए । कार्यक्रममा निर्णायक मण्डलमा विश्व नेपाली, निर्मल बिक उपस्थित हुनुहुन्थ्यो । प्रतियोगीतामा पहिलो स्थान सुब्बा थापा, दोस्रो स्थान जूलियाना केसी, तेस्रो स्थान प्रार्थना श्रेष्ठले पाएका थिए । खुमलटार अवस्थित ग्राण्ड एकेडेमीले समयसापेक्ष विद्यार्थीहरुको आत्मविश्वासलाई दह्रिलो र फुर्तिलो बनाउन यस्ता थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

5.jpg11.jpg10.jpg7.jpg2.jpg1.jpg9.jpg6.jpg4.jpg

सम्बन्धित समाचार