नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

18.8k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बस्दै छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिन आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने बताइएको छ । बैठकमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार